नियम ११४
कार्यालयमा अनुपस्थित भएमा वा झुट्टा विवरण पेश गरेमा हुने कारबाही
: (१) बिदा नलिई आफ्नो कार्यालयमा अनुपस्थित हुने प्रहरी कर्मचारीलाई गयल र तलब कट्टी गरी विभागीय सजाय समेत गर्न सकिनेछ । यसरी गयलकट्टी भएको अवधि अनिवार्य अवकाश बाहेक अन्य प्रयोजनको लागि निजको सेवा अवधिमा गणना हुने छैन ।
(२) कुनै पनि प्रहरी कर्मचारीले झुट्टा कारण देखाई बिदा लिई बसेको ठहरेमा बिदा बसेको अवधिलाई गैरहाजिर जनाई गैर हाजिरसम्बन्धी कसूरमा कारबाही हुनेछ ।